पथरीशनिश्चरे २ को वृत्तचित्र सार्वजनिक - Crazysaptahik.com

पथरीशनिश्चरे २ को वृत्तचित्र सार्वजनिक

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे २ को वृत्तचित्र सार्वजनिक भएको छ । वडाको आर्थिक वर्ष २०७४/०७८ को विविध कार्यक्रमहरु वृत्तचित्रमा समावेश गरिएको छ ।

वडाका समग्र विकासका गतिविधिलाई समेटेर तयार पारेको वृत्तचित्र बुधबार भुल्के मिडिया नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

२०७४ साल देखि २०७८ सालको अवधि सम्ममा स्थानिय जनप्रतिनिधिले के–के कुरालाई महत्वका साथ विकाश गरे त ? धार्मिक, सास्कृतिक संरक्षणकालागी के कस्ता पहल कदम चाले त ? शिक्षा,स्वास्थ,खाने पानी लगायका बिषयमा के–के काम भयो त ? यो बिषयलाई समेटेर तयार पारेको वृत्तचित्र आम सेवाग्राहि माझ जानकारी लिने गतिलो माध्यम बन्ने छ ।

वृत्तचित्रमा स्थानीय वासी, सेवाग्राहि तथा जनप्रतिनिधिहरुको वाईटहरु समावेस गरिएको छ ।

वृत्तचित्र

सम्बन्धित खवर