आईपीएल बन्यो विश्वको दोस्रो महँगो लिग, मिडिया अधिकारको बोली ४४ हजार करोड नाघ्यो - Crazysaptahik.com

आईपीएल बन्यो विश्वको दोस्रो महँगो लिग, मिडिया अधिकारको बोली ४४ हजार करोड नाघ्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकार लिलामी भएको छ। भारतीय उपमहाद्वीपका लागि, टिभी अधिकारहरू प्रति खेल ५७.५ करोड रुपैयाँमा र डिजिटल अधिकारहरू प्रति खेल ५० करोडमा बिक्री गरिएको छ।

तिनीहरूको कुल बोली ४४,०७५ करोड छ। रिपोर्टकाअनुसार, स्टारले २३ हजार ५७५ करोड रुपैयाँमा टिभी अधिकारहरू खरिद गरेको छ र रिलायन्सको कम्पनी वायाकम ज्ञड ले २० हजार ५ सय करोड रुपैयाँमा डिजिटल अधिकारहरू खरिद गरेको छ। यसअघि सोनीले टिभी राइट्स किनेको खबर आएको थियो । बीसीसीआईले विजेताको नाम भने सार्वजनिक गरेको छैन ।

पछिल्लो पटक स्टारले टिभी र डिजिटल दुवै अधिकार १६ हजार ३४८ करोडमा किनेको थियो। यस्तो अवस्थामा यसपटक टिभी र डिजिटल अधिकार अघिल्लो पटकको तुलनामा साढे दुई गुणा बढी छ । स्रोतका अनुसार अब बीसीसीआईले आईपीएलको एक खेलका लागि १०७.५ करोड रुपैयाँ पाउनेछ ।

यसरी, एक खेलको प्रसारण अधिकारका अनुसार, आईपीएल अब विश्वको दोस्रो महँगो लिग बनेको छ। आईपीएलले ईपीएल (प्रति खेल ८६ करोड)लाई पछि पारेको छ । अहिले अमेरिकाको नेशनल फुटबल लिग   ले योभन्दा बढी पैसा पाउँछ । एनएफएलले प्रत्येक खेलको प्रसारण अधिकार बापत १३३ करोड रुपैयाँ पाउँछ ।

सम्बन्धित खवर