घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार - Crazysaptahik.com

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४–० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।

इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।

१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्टोन्स रातो कार्ड खाँदै मैदानबाट बाहरिनुपरेको थियो । खेलको अन्त्यमा ड्यानियल गाजडाङले अर्को गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

सम्बन्धित खवर