एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।
३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो । यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।