अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल - Crazysaptahik.com

अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल

नेपालले आइसिसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्ग अमेरिका सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अमेरिकाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

अमेरिकाले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आजको खेलमा जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ ।

यसै सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग म्याट टाइ गरेको थियो । नेपाल र अमेरिकाबीच हालसम्म पाँच एकदिवसीय खेल हुँदा नेपाल तीन खेलमा विजयी भएको छ भने अमेरिका एक खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सागर ढकाल

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.