पथरीशनिश्चरे–८ को वृत्तचित्र सार्वजानिक - Crazysaptahik.com

पथरीशनिश्चरे–८ को वृत्तचित्र सार्वजानिक

ईस्वर दुलाल
पथरी ।
पूर्वमा उर्लाबारी पक्षिममा कानेपोखरी, उत्तरमा लेटाङ र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे ।

जहाँ विभिन्न प्रजातिका रुख बिरुवा मिश्रित घना जङगलहरु, अथाहा सिंचाई सम्भावना बोकेको खोला नालाहरु, अथाह सम्भावना बोकेका प्रयर्टकस्थलहरु र तराईका हरियो फाटहरु संगैको, गर्मी छन् । जहाँ मठ मन्दिर, चर्ज तथा विभिन्न धर्म, जातजाति र तिनका रितिरिवाज, संस्कार संस्कृति, जहाँ विगतलाई सम्झने अनेक सम्झनाहरु, शताब्दीदेखि बस्दै आएका ति नागरिकहरु, धार्मिक तथा संस्कृती विविधताहरु । कला, साहित्य भाषाहरुको संगमले बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सक्ने अथाह सम्भावना छ ।

यिनै सुन्दर परिवेशमा विकासको गतिमा अघि बढेको वडा हो पथरीशनिश्चरे वडा नम्बर ८ । वि.सं. २०७४ सालको स्थानीय निर्वाचन पछि, वडाको समग्र विकासका लागि बाबुराम दाहालको नेतृत्वमा जम्मा ५ जनाको सक्रिय टिम निर्माण भयो । अध्यक्षमा बाबुराम दाहाल, सदस्यहरु मुना गजमेर, शुक्र लिम्बु, शेमराज गौतम, सिर्जना घिमिरेको टोलीले अहोरात्र खटेर वडाको चौतर्फी विकासमा लागि परे ।

वि.सं. २०७४ सालदेखि २०७८ साल सम्ममा वडा नम्बर ८ मा के–के विकास भए त ? यहाँका शिक्षा, स्वास्थ्य, खाने पानी, कृषि, सिंचाई, सडक संजाल बिस्तारका विषयमा के–कस्ता सुधारहरु भए ? के यहाँका जनताहरुले संघीयता अनुरुपको गाउँ गाउँमा सिंहदबार प्राप्त गरे त ? यिनै परिवेशमा रहेर तयार पारेको यो वृत्तचित्र लोकतन्त्रलाई हेर्ने आँखी झ्याल बन्नेछ ।

हेर्नुहोस् वृत्तचित्रः

सम्बन्धित खवर