नेपालले क्यानडासँग टी–ट्वान्टी र एक दिवसीय क्रिकेट खेल्ने - Crazysaptahik.com

नेपालले क्यानडासँग टी–ट्वान्टी र एक दिवसीय क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग एकदिवसीय र टी–ट्वान्टी क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपालले क्यानडासँग खेल्ने पक्का भएको बताएको छ । नेपालले क्यानडासँग दुई खेलको टी–ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपालले क्यानडासँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।

पहिलो टी–ट्वान्टी असार १४ गते र दोस्रो टी–ट्वान्टी असार १५ गते हुनेछ । यस्तै नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय असार २१ गते हुनेछ ।

 

सम्बन्धित खवर