सट्टेबाजीसम्बन्धी कुनै सम्झौता भएको छैन : एन्फा - Crazysaptahik.com

सट्टेबाजीसम्बन्धी कुनै सम्झौता भएको छैन : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौताको आरोप झुटो भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहिन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ ।

‘हामी त्यस्ता आधारहिन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै पनि तरिकाले बेटिङमा संलग्न छैन र कुनै कम्पनी वा संस्थासँग सट्टेबाजीसम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर गरेको छैन,’ एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले बेटिङ कम्पनी भनिएको इम्पावर स्पोर्टस एजीसँग एएफसी ‘लिग डेभलपमेन्ट प्रोग्राम’ र एएफसी अध्यक्षको पहलमा लाइभ बोर्डकास्टिङका लागि सम्झौता गरिएको जनाएको छ ।

एन्फाले इम्पावर स्पोर्टससँग एन्फाले आयोजना गर्ने ‘ए’, ‘बी’, ‘सी’, महिला लिग र छनोटका खेलहरुको डिजिटल अधिकारको लागि आर्थिक सम्झौता गरेको बताएको छ । एन्फाले इम्पावर स्पोर्टससँग सन् २०१८ मा सम्झौता गरेको थियो, जुन यसै वर्षको डिसेम्बरमा सकिँदैछ । यसैअनुरुप इलेभेन स्पोर्टसले २०२२ को अन्त्यसम्म खेलहरु लाइभ गर्ने जनाएको छ ।

सम्बन्धित खवर