नुनेज भित्रिएसँगै माने बायर्न जाने - Crazysaptahik.com

नुनेज भित्रिएसँगै माने बायर्न जाने

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने भएको छ । लिभुरपुल मानेलाई ४.१ करोड युरोमा जर्मन च्याम्यिनलाई बेच्न सहमत भएको हो । बीबीसीका अनुसार लिभरपुलले मानेका लागि एकमुस्ट रूपमा ३.२ करोड युरो प्राप्त गर्नेछ भने खेल खेलेअनुसार थप ६० लाख युरो र थप ३० लाख युरो व्यक्तिगत र टोलीको सफलताको आधारमा प्राप्त गर्नेछ ।

यसअघि ३० वर्षीय खेलाडीका लागि बायर्नले दुईवटा प्रस्ताव पेस गरेको थियो जसलाई लिभरपुलले अस्वीकार गरेको थियो । यसपटक भने लिभरपुल मानेलाई बेच्न तयार बन्यो । माने सन् २०१६ मा ३.१ करोड पाउण्डमा साउथह्याम्पटनबाट लिभरपुलमा भित्रिएका थिए । लिभरपुलमा मानेले प्रिमियर लिगको उपाधि जित्नुकासाथै च्याम्पियन्स लिगको उपाधिसमेत जितेका छन् ।

एनफिल्ड क्लबका लागि उनले लिगमा ९० गोल गरेका छन् । गत सिजन उनले सबै प्रतियोगितामा २३ गोल गरेका थिए । उरुग्वेका युवा फरवार्ड डार्विन नुनेज बेनफिकाबाट लिभरपुलमा आबद्ध भएसँगै माने बाहिरिन लागेका हुन् ।

सम्बन्धित खवर