बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान - Crazysaptahik.com

बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान

बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन् । पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो।

यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई शून्यमा प्याभिलियन फर्काएका थिए । तर, त्यतिबेला टोलीले ३ सय ६५ रन बनाएको थियो । उक्त खेलमा मुस्फिकुर रहिमले १७५ र लिट्टन दासले १४१ रन बनाए भने यस खेलमा सकिब अल हसन (५१ रन) मात्रै अर्धशतक बनाउन सके ।

यसपटक टोली मात्र १०३ रनमा सीमित भयो । ४५ रनमा ६ विकेट खसेपछि कप्तान शकिब अल हसनले इनिङ्सलाई सम्हालेका थिए । उनले ६७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले पनि बाँकी ब्याट्सम्यानको साथ नपाएपछि टोली ३२.५ ओभरमा १०३ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि जेडेन सिल्स र अल्जारी जोसेफले ३–३ विकेट लिए । केमार रोच र काइल मेयर्सले पनि २–२ विकेट लिए ।

सम्बन्धित खवर