भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ । सन् २०२३ को आईपीएलपछि अफ्रिका र एसिया–११ बीच सिरिज खेलिनेछ जसमा दुई खेलाडीलाई एकै टोलीमा देख्न सकिनेछ । श्रीलंका र बंगलादेशका खेलाडीहरू पनि एशिया–११ बाट खेलेको देख्न सकिन्छ।
भारत र पाकिस्तानबीच पछिल्लो समय कुनै सिरिज खेलिएको छैन । न त पाकिस्तानी खेलाडी आईपीएल नै खेल्छन्। यस्तो अवस्थामा दुवै देशका खेलाडीलाई सँगै खेलेको हेर्न पाउनु फ्यानका लागि फरक अनुभव हुनेछ । भारत र पाकिस्तानबीच पछिल्लो सिरिज २०१२–१३ मा भएको थियो।
त्यसपछि दुवै टोली आईसीसी प्रतियोगितामा मात्रै खेलेका छन् । यसअघि द्दण्ण्ठ मा एसिया–११ र अफ्रिका–११ बीच ३ खेलको शृंखला खेलिएको थियो। यो सिरिज एसिया–११ ले ३–० ले जितेको थियो । त्यतिबेला महेन्द्र सिंह धोनी, मोहम्मद आसिफ, युवराज सिंह, मोहम्मद युसुफ जस्ता स्टार खेलाडीहरु सँगै खेलिरहेको देखिन्थे ।
उही समयमा मोर्ने मोर्केल, एबी डिभिलियर्स र स्टिभ टिकोलोले अफ्रिका–११ को लागि सँगै खेलेका थिए, तर त्यसपछि भारत र पाकिस्तान बीचको राजनीतिक विवादका कारण शृंखला फेरि खेल्न सकेन। सन् २०२३ मा हुने सिरिजको ढाँचा टी–२० हुनेछ । यसअघि यो सिरिजको ढाँचा एकदिवसीय थियो। यस विषयमा जय शाह र अफ्रिकी क्रिकेट संघका नयाँ अध्यक्ष सुमोद दामोदरबीच अप्रिल २०२३ मा हुने आईसीसी बोर्ड बैठकमा छलफल हुनेछ।