पथरीशनिश्चरेमा सडक बत्ती जडान सुरु - Crazysaptahik.com

पथरीशनिश्चरेमा सडक बत्ती जडान सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा उज्यालो नगर कार्यक्रम अन्तर्गत नगरपालिकामा पर्ने लोकमार्ग सडक खण्डमा सडक बत्ती जडान कार्य थालिएको छ ।

मुख्यतः नगरपालिकाको लगानीमा सडक दुर्घटना जोखिम न्यूनिकरण गर्ने हेतुले अहिले सुरुवातमा ५२ वटा पोलहरु लगाउने कार्य भइरहेको वडा नं. १ का अध्यक्ष भीम कुमार राईले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित १९ लाखको लागतमा बत्ती जडान कार्य थालिएको हो ।  यसपछि कतै आवश्यकता पूरा नभए पुनः सडक बत्ती जडान गर्दै लगिने बताइएको छ ।

सम्बन्धित खवर