क्रेजी संवाददाता
धरान । धरानमा भइरहेको प्रदेशस्तरीय एसइई स्टेट वान सिङ्गङ आइडल सिजन– २ को फाइनलमा गायिका मिलन नेवार आउने भएकी छन् ।
असार १७ गते कार्यक्रम धरान–१५ मा अवस्थित याक्थुङ चुम्लुङ भवनमा हुने फाइनलमा गायिका नेवार निर्णायकको रूपमा आउने भएकी हुन् । नेपाली पार्श्व गायनको शीर्ष स्थानमा रहेकी नेवार ‘गाला रातै’ ‘बट स्लोली स्लोली’ ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ जस्ता गीतहरू चर्चामा छन् । उनको पछिल्लो गीत फुलबुट्टै सारी निकै लोकप्रिय बनेको छ ।
१० जना प्रतिस्पर्धीहरूबिच हुने फाइन कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रदेश १ मा प्रदेश प्रमुख मा. पर्शुराम खापुङ्ग आउने आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीका अध्यक्ष डम्बरकुमार तुम्वापोले जानकारी दिए ।