पथरीशनिश्चरेमा आयो दमकल - Crazysaptahik.com

पथरीशनिश्चरेमा आयो दमकल

भूमिप्रसाद पाठक
पथरी । स्थानीय तह निर्वाचन २०७९ दोस्रो संस्करणपछि निर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उप–प्रमुख देवीमाया काफ्ले कार्यकालको पहिलो नगरसभा सम्पन्न भइरहेको बेला पूर्ववर्ती दिलिपकुमार राईं नेतृत्वको परियोजना अनुरुप खरिद प्रक्रियामा रहेको दमकल आज प्राप्त भएको छ ।

दमकल पाल्न गाह्रो र निकै महंगो हुने भए पनि खासगरिकन खडेरीयाममा हुने आगजनीका समयमा स्थानीयले व्यग्रतापूर्वक यसको माग गर्ने गरेका थिए ।

निवर्तमान स्थानीय सरकारले आफू जाँदाजाँदै दमकल खरिद प्रक्रिया अघि बढाएको थियो । टेण्डर प्रक्रिया छिचोलेर आजै मात्र पथरी शनिश्चरे नगरपालिकामा दमकल प्राप्त हुनुलाई स्थानीयले एउटा सुखद् समयको आरम्भको रूपमा सामाजिक सञ्जालमा चित्रण गरेका छन् । योसँगै राष्ट्रिय राजमार्गस्थित उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी चारवटै पालिकाहरू दमकलका धनी भएका छन् ।

सम्बन्धित खवर