उर्लाबारी नगरपालिकाको बजेट ९९ करोड ५२ लाख - Crazysaptahik.com

उर्लाबारी नगरपालिकाको बजेट ९९ करोड ५२ लाख

क्रेजी संवाददाता
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा झन्डै १४ करोड बढाउँदै ९९ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आज नगरसभा मार्फत् नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४३ करोड ३७ लाख ४२ हजार ९८० र पुँजीगत तर्फ ५६ करोड १५ लाख १२ हजार रुपैया बजेट बिनियोजन गरेको छ ।

चालु आवका लागि नगरपालिकाको बजेट ८५ करोड ७८ लाख २० हजार ३ सय रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो ।

सम्बन्धित खवर