उकालो लाग्दै कोरोना, थप ४४ जनामा संक्रमण पुष्टी - Crazysaptahik.com

उकालो लाग्दै कोरोना, थप ४४ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९ सय ९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर