क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै भूमिको वर्गिकरण गरी कृषि प्रवर्द्धनमा सरकारले नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।
आज राष्ट्रिय धान दिवसका अवसरमा पथरी कृषि सहकारी सस्थाले पथरी शनिश्चरे २ मा आयोजना गरेको सामुहिक धान रोपाइँ कार्यक्रममा बोल्दै प्रमुख तुम्वापोले सो कुरामा जोड दिनु भएको हो ।
उक्त अवसरमा बोल्दै नगर उपप्रमुख देवीमाया काफ्लेले पनि कृषि प्रधान नगरको कृषि प्रवर्द्धनमा जोड दिनु भयो । २ नम्बर वडाद्यक्ष नैना राई, ७ नम्बर वडाध्यक्ष उद्धवराज बस्नेत सहितका जनप्रतिनिधि सहभागि रोपाइँमा दहिचिउरा खाने सहितको कार्यक्रम रहेको थियो ।