क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे ५ मा अवस्थित सुन्दरी चौक दक्षिण तथा पौडेल चोक पूर्वको बक्राहा नदीको कटान प्रभावित क्षेत्रमा नगर र वडाका जनप्रतिनिधिहरूले आज निरीक्षण गरेका छन् ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरका इन्जिनियर सन्तोस केसी, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतम, ५ नम्बर वडाद्यक्ष चेतेन्द्र खड्का सहितका जनप्रतिनिधि र समाजसेवीहरूको टोलीले निरीक्षण गरेको हो ।
कटान लगातार भएर बाध कटान हुन थालेको क्षेत्रमा टोलीको उपस्थितमा बासको किला गाडेर तत्कालको तटबन्ध थालिएको छ । नगर प्रमुख तुम्वापोले त्यहाँको ब्यवस्थित दिगो तटबन्धका लागि संघिय बजेटको आवस्यकता रहेको बताउनुभयो ।