विश्व वातावरण दिवसमा भुल्केमा वृक्षारोपण - Crazysaptahik.com

विश्व वातावरण दिवसमा भुल्केमा वृक्षारोपण


क्रेजी संवाददाता
पथरी । विश्व वातावरण दिवसको अवसरमा पथरीशनिश्चरेको भुल्केमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे वडा नं. २ मा स्थापित रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा भुल्केदेवि मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । वडा नं. १ को भुल्केदेवि मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका विरुवाहरू विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएका हुन् ।
वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि भुल्केदेवि मन्दिर सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोलाले मन्दिर आसपासमा विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपेर राम्रो कार्य गरेको खुशी व्यक्त गर्नुभयो ।
यस्तै वडा नं. १ का वडाध्यक्ष भीम राईले यस क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले सालको मात्रै संरक्षण गर्ने मुख्य उघेश्य लिएर काम गरेको देखिएको बताउनुभयो ।

सोही क्रममा रेडस्टार मावि तथा ऋतम्भरा कलेजका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले आगामी दिनहरुमा पनि मन्दिर संचालन समितिसँग सहकार्य गर्दै अगाडि बढ्ने र रोपिएका बिरूवाहरूको संरक्षण तथा मलजल सहित नयाँ नयाँ प्रजातिका बिरुवाहरू रोपिएर संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा विद्यालयका संस्थापक तथा आई. एस. ए .कोओडिनेटर राजु तिम्सिना, संस्थापक सदस्य विजय डांगी, भाईस प्रिन्सिपल बसन्त मादेन, नगरपालिकाका सूचना संयोजक सन्तोष राई, प्राध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरू तथा पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर