लिम्बु भाषाको पाठ्यपुस्तक वितरण - Crazysaptahik.com

लिम्बु भाषाको पाठ्यपुस्तक वितरण


सरोज निरौला
पथरी, २जेष्ठ।
लोप हुँदै गएको भाषा संरक्षण गर्ने उदेश्यले किरात याक्थुङ चुम्लुङ ईजरायल समितिले पथरी शनिश्चरेका लिम्बु भाषा अध्यापन गराउदै आएका २ वटा विद्यालयलाई लक्षीत गरी करीब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको छ ।

चन्द« किरातेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे ४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्म अध्ययन गरीरहेका करीब ३ सय ६३ विद्यार्थीहरुका लागी पाठ्यपुस्तक उपलब्ध गराइएको हो । किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ ईजरायलबाट प्राप्त रकम बाट खरीद गरीएको पाठ्यपुस्तक वितरण गरीएको हो । पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्र
साद तुम्वापो, किरात, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य सन्तोस सेरेङ,याक्थुङ चुम्लुङ ईजरायलका अध्यक्ष नुमा काङ्वाको आमा ईन्द«माया लिम्बुको हस्त बाहुलीबाट विद्यार्थीको हातहातमा पुस्तक वितरण गरीएको थियो ।

पाठ्यपुस्तक वितरण कार्यत्रममा बोल्दै किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेम बहादुर पयाङ्गु लिम्बुले सरकार र स्थानीय निकाय बाट भाषा संरक्षणका लागी दरीलो पहल नभएको गुनासो गर्नुभयो । वहाँले हाल पथरी शनिश्चरेका २ वटा विद्यालयमा २ जना शिक्षकले भाषाको अध्यापन गराईरहेको अवस्थामा शिक्षकलाई सन्तुष्ट हुनेगरी तलव भत्ता दिन नसकीएको र नगर स्तरबाट अनुगमन फितलो भएको र अध्यापनका लागी पर्याप्त बजेट नहुँदा अरुकै आशले बाँच्नुपर्ने अवस्था रहेको र नगरले पाठ्य पुस्ततकको स्रोत यथासिघ्र चाँडो जुटाईदिन पनि वहाँको वहाँको आग्रह रहेको थियो । यता नगर प्रमुख तुम्वापोले भाषाको संरक्षणका लागी किरात याक्थुङ चुम्लुङ समितिले गरेको कामको प्रसंसा गर्दै पछिल्लो अवस्थामा केन्दि«य स्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरे बमोजीम काम हुन नसकेको बताउनुभयो । भाषा संरक्षणका लागी नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्णा गर्न अवको आर्थीक बर्षबाट नयाँ कार्ययोजनका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगरका धेरै सामुदायीक विद्यालयको अवस्था दयनीय रहेको भन्दै यस्लाई मजबुद बनाउन नयाँ ठंगले अगाडि बढ्ने वहाँको भनाई रहेको थियो ।

हाल लिम्बु भाषा अध्यापन गराउदै आएका शिक्षकले मासीक तलव भत्ता वापत रु ६ हजार र रु १० हजार पाउदै आएका छन् भने तलव बृद्धि गरी १५ हजार पुर्याउन नगरसँग पहल गरीरहेको नगर अध्यक्ष लिम्बुले बताउनुभयो । भाषालाई जिवन्त बनाउन लागी परिरहेको यस समितिले हाल कक्षा ७ सम्म अध्यापन गराउदै आएको भाषा लाई कक्षा ८ सम्म लैजाने काम आउदो कार्यक्रम भित्र समावेस गरेको छ । पाठ्यपुस्तक उपलब्ध गराएको प्रति खुसी व्यक्त गर्दै नगर समितिले पहलमा किरात याक्थुङ चुम्लुङ ईजरायलका अध्यक्ष नुमा काङ्वा लिम्बु लगायतलाई कृतज्ञता व्यक्त गरेको छ ।

सम्बन्धित खवर