पथरीशनिश्चरे वडा नं. ४ मा मृत शिशु फेला - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ४ मा मृत शिशु फेला

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ४ को एक पैनीमा सालनाल सहितको मृत शिशु फेला परेको छ । आज वडाको जनकल्या माध्यमिक विद्यालय छेउको बिहिबारे पैनीमा सालनाल सहितको शिशु मृत फेला परेको हो ।
घाँस काट्न गएका स्थानीय गोमा कार्की र सम्झना चौहानले पैनीमा शिशु तैरीरहेको अवस्थामा देखेपछि ईलाका प्रहरी कार्यालय पथरीलाई जानकारी दिएको थिए । घटना बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए ।

सम्बन्धित खवर