प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता - Crazysaptahik.com

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता


पथरी संवाददाता
पथरी । प्याब्सन पथरीशनिश्चरे नगरपालिका नगर कार्यसमितिको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन भएको थियो ।
विधागत रूपमा जुनियर तर्फका ६ जना र सिनियर तर्फका ६ जना जिल्ला प्रतियोगितामा सहभागी हुन पाउने कार्यसमितिका सदस्य सुजन बास्तोलाले जानकारी दिनुभयो ।

सिनियर तर्फबाट एभरेष्ट बोर्डिङका स्नेहा वनेम प्रथम, भूपू सैनिकका प्रज्वल राउत, रेडस्टारका जेरियाना राई तृतीय, सुपप बोर्डिङका प्रमिला घर्ती, वाल्मीकिका सनम शिवा र अरुणोदयका समर्पन राईले सान्त्वना स्थान प्राप्त गरे ।

यस्तैगरी जुनियर तर्फबाट ग्रेट ग्रेस बोर्डिङका प्रसना तामाङ प्रथम, भू.पू सैनिकका सुजल कार्की द्वितीय, सुपपव मोडलका ताकिहाङ्मा लिम्बु तृतीय, अरुणोदयका मिस्को राई, एभरेष्टका सौगात बुढाथोकी र किरात एकेडेमीका आयुश राईले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा नगर भित्रका व्याप्सनमा आवद्ध १७ विद्यालयहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र तीन जना सान्तवना गरी दुबै विधातर्फ छनौट भएका थिए । विधागत रूपमा प्रथम, द्वितीय र सान्वनाले ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।

सम्बन्धित खवर