शिविरमा विश्व शरणार्थी दिवस मनाइयो - Crazysaptahik.com

शिविरमा विश्व शरणार्थी दिवस मनाइयो


क्रेजी संवाददाता
पथरी । विश्व शरणार्थी दिवसको अवसरमा आज पथरी शनिश्चरे वडा नं. १० शरणार्थी शिविरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा नेपाल सरकार सहित विभिन्न दातृ निकायहरूले शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरूको दिगो पहल गरिदिन आग्रह गरेका छन् ।
सो अवसरमा शिविर व्यवस्थापन समिति तथा विभिन्न भातृ संगठनहरूको संयुक्त आयोजनामा आयोजित कार्यक्रमका वक्ताहरुले सो माग गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भुटानी शरणार्थीहरूको वर्तमान समस्या समाधानका लागि नेपाल सरकारले चाडो भन्दा चाडो समाधान गर्न आग्रह गर्नुभयो । उहाँले दातृ निकायहरूले उपलब्ध गराउँदै आएको सबै सुविधाहरु कटौती भएको भन्दै नेपाल सरकारले तीन दशकदेखि निरन्तर शरर्णाथी भएर बस्दै आएका शरणार्थीहरूको कानुनी रूपमा समस्याहरुको समाधान सम्बोधन गर्न अनुरोध गर्नुभयो ।

यस्तैगरी यु.एन.एच.सी. आर., काठमाडौँकी प्रतिनिधि संगीता खतिवडाले यु.एन.एच.सी.आर. संस्था विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुसित समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो ।
यस्तै शनिश्चरे शिविर व्यवस्थापन समितिका अध्यक्ष कार्यक्रमका सभाध्यक्ष चम्पा सिंह राईले स्वदेश फिर्ता वा नेपालमै स्थायी बसोबासका लागि भुटानी शरणार्थीहरूको समस्याको दिगो समाधानको लागि नेपाल सरकारले समक्ष जोडदार रुपमा आग्रह गर्नुभयो । कार्यक्रममा सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, आम्दा नेपालका प्रमुख सुमन नेपाल, कारितास नेपालका देवेन्द्र पौडेल, शिविर प्रमुख किशोर आचार्य, लुथरन विश्व महासंघका साईक्षा नेपाल, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, वडा नं १० का वडा सचिव सरोज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर