क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम - Crazysaptahik.com

क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम


क्रेजी संवाददाता
पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ ।
पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेले आयोजना गरेको हो ।
नगरका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो भने पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष भुवनकुमार धिमालको सभापतित्व रहेको थियो ।
पदम धिमालले सञ्चालन गर्नुभएको तालिममा १० वटा धिमाल समुदायको टोलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्की, तालिमका प्रशिक्षक देशराज नेम्बाङले मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा सदस्य रोमान्सी धिमाल, गंगा धिमाल, सल्लाहकार तिलक धिमाल लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर