समीर पाठक एकल गायन प्रतियोगिताको ’टप फाइभ’ विजेता - Crazysaptahik.com

समीर पाठक एकल गायन प्रतियोगिताको ’टप फाइभ’ विजेता

क्रेजी संवाददाता
पथरी। कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरे वडा नं ४ को आयोजनामा एकल गायन प्रतियोगिमा ब्राइट सनराईज बोर्डिङ स्कुलका समीर पाठक ’टप फाईभ’का विजेता बनेका छन् । मोरङको पथरीशनिश्चरे ४ मा रहेको भागिरथ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एकल गायन प्रतियोगिताबाट ’टप फाइभ’ छानिए ।

५४जना प्रतियोगीबाट अडिसन लिएर टप १२ छानेर फाइनलमा टप फाईभ फाइनलिस्ट’मा साहरा नेपाली, रिचा ठटाल, कुसुम श्रेष्ठ, सुस्मिता विक पर्न सफल भएका हुन् ।

वडाभित्रका प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको पहिलो राउण्डबाट छनौटमा परेका १२ जनाले सहभागिता जनाएका छन्। वडा नं ४ का वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना भएको थियो ।

प्रतियोगिताको निर्णयकको रुपमा गायक तथा संगितकार अर्जुन सेन्चुरी, दिवश लिम्बु र समिर बि.क रहनु भएको थियो ।

वडा नं ४ का अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा सोहि वडाको कला साहित्य तथा संस्कृति प्रवर्द्धन समिति अध्यक्ष राम विकले अध्यक्षता गर्नुभएको थियो ।

उक्त अवसरमा पथरीशनिश्चरे जेसीजका सल्लाहकार राज वि.क, नगरपालिकाकी न्यायिक तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, हिक्मत श्रेष्ठ ,नगर कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समिति अध्यक्ष अमीर राई, विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रतिनिधि, विद्यार्थी, आदिको उपस्थिति रहेको थियो । सोहि क्रममा सून्दर नृत्य समेतहरु प्रस्तुत गरिएको थियो ।

 

 

सम्बन्धित खवर