धरान संगीत प्रतिष्ठानद्वारा धरानमा वरिष्ठ गीतकारहरु सम्मानित - Crazysaptahik.com

धरान संगीत प्रतिष्ठानद्वारा धरानमा वरिष्ठ गीतकारहरु सम्मानित


क्रेजी संवाददाता
धरान।
धरान संगीत प्रतिष्ठानले हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा गर्दै आएको बिशेष सांगीतिक कार्यक्रमलाई दुई दिन पछाडी असार ८ गते शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ।

एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले दसौ बार्सिकोत्स्व केक समेत काटेको थियो। शुक्रबार साँझ सम्पन्न “ सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३ “ कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, तथा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गायक दिप श्रेष्ठको हात बाट गीत–संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ गायिका लोचन भट्टराई, गायिका हर्षु राईलाई सम्मान तथा गाउँ –गाउँ बाट उठ लगायत थुप्रै कालजयी गीतका सर्जक वरिष्ठ गीतकार तथा संगीतकार श्याम तमोटलाई अभिनन्दन गरेका थिए।

धरानकी गायिका लोचन भट्टराईले आफुले अहिले सम्म पाएको १३५ वटा अवार्ड ,सम्मान भन्दापनि आफ्नो घरको यो सम्मानले जीवनकै उल्लेखनीय सम्मान भएको बताउंदै आफ्ना चर्चित गीतहरु टाढा –टाढा नभई जाउ तिमी , माया गर्नेको , गरिबको चमेली , खोटांग जिल्ला लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन्। त्यस्तै वरिष्ठ गायक दिप श्रेष्ठले साहिली बरी , मेरो आँखामा , हुँ यात्री म एउटा लगायतका चर्चित गीतहरु गाएका थिए। दुवैले मेयर साम्पाङ्गको खुलेर प्रशंशा गरेका थिए।
धरानको गीत, संगीतको क्षेत्रको उत्थानको लागि आवश्यक सहयोग गर्ने बताएका मेयर हर्क साम्पाङले हाम्रो धर्ति हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुले समेत गीत प्रस्तुत गरेका थिए ।

। प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक धरान उप– महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको जानकारी दिदै गीत, संगीतको विकासको लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरेका थिए । उनले प्रतिष्ठानलाई संगीत एकेडेमीकोरुपमा अघि बढाउने योजना संगै धरानको शान वरिष्ठ गायक दिप श्रेष्ठको नाममा दिप श्रेष्ठ ट्रस्ट समेत स्थापना गरिने बताए ।

इक्सा मादेन र प्रमोद पोर्तेलले संचालन गरेको कार्यक्रम धरान संगीत प्रतिष्ठानको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.