धिमाल जातिका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम समापन - Crazysaptahik.com

धिमाल जातिका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम समापन


क्रेजी संवाददाता
पथरी।
पथरीशनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा पहिलो जाति धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ ।

सोमबार पथरीको मनोहर होटल एण्ड पार्कमा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देविमाया काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र क्षमता विकासका लागि नगरपालिका तथा आफूले सक्दो सहयोग पु¥याउने बताउनुभएको छ ।


यस्तैगरी वडा नं. १ का वडाध्यक्ष भीम राईले यो धिमाल जातिका युवा युवतीहरुको क्षमता विकास गर्नका लागि अग्रसर भएको देख्दा अत्यन्तै खुसी तुल्याएको बताउनुभयो । धिमाल विकास समितिका केन्द्रीय महासचिव मातृका धिमालले अन्य जनजातिहरूको जस्तै संविधानद्वारा प्रत्याभूत गरेका हक अधिकार सुनिश्चित गर्दै यो जातिको क्षमता अभिवृद्धि गराए मात्र मानव संसाधन तथा विकासका परिसुचांक माथि उठ्न सक्ने औल्याउनुभयो ।


धिमाल युवाहरूको क्षमता विकासका लागि आयोजक समितिका अध्यक्ष भुवन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जाति केन्द्रीय सचिवालय सदस्य मणिराज धिमालले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको औचित्य माथि प्रकाश उपाध्यक्ष धिमाल जाति उत्थान समितिका उपाध्यक्ष गंगाबहादुर धिमालले पार्नु भएको थियो । संचारकर्मी देवराज नेम्बाङले प्रशिक्षण गर्नुभएको सो तालिममा २३ जना धिमाल समुदायका युवाहरूले सहभागिता जनाएका थिए ।

 

सम्बन्धित खवर