कर्णाली साकोस पथरी सेवा केन्द्र खुल्ने तयारी, अन्तरकृया कार्यक्रम - Crazysaptahik.com

कर्णाली साकोस पथरी सेवा केन्द्र खुल्ने तयारी, अन्तरकृया कार्यक्रम


क्रेजी संवाददाता
पथरी।
कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी सेवा केन्द्र खुल्ने तयारी भएपछि अन्तरकृया कार्यक्रमको आयोजना भएको छ । मंगलबार पथरी सेवा केन्द्र खुल्ने स्थानमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे १ का वडाध्यक्ष भिम राई, विशिष्ट अतिथि वडा नं. १० का वडाध्यक्ष एवम् सामाजिक विकास संयोजक जीवन खतिवडा, साकोस संचालक समिति अध्यक्ष टसबहादुर प्रधान, सामाजिक एवम् राजनितिक व्याक्तित्व गणेश खड्का, गुद्देश्वरी फाईनान्स पथरी शाखा प्रमुख कुबेर दाहाल, संचालक समिति सदस्य गणेशप्रसाद पराजुली र निर्मला पाठक (लुईँटेल) सेवा केद्र उर्लाबारी प्रमुख भिमबहादुर पौडेल लगायतको आथित्यता रहेको थियो ।

नयाँ सेवा केद्र खुल्ने भएपछि अतिथिहरू हर्षीत हुदै अन्तकृया कार्यक्रममा सम्पूर्ण सेवाग्राहीहरूलाई सर्वश्रेष्ठ सेवा सुविधा प्रदान गर्न सकोस् भन्दै बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

केही मापदण्ड पूरा गरि साकोसलाई चाडै संचालनमा ल्याउने संचालक समिति सचिव भूपाल बस्नेतले जानकारी दिनुभयो ।

’जन्मदेखि मृत्यु सम्म, कर्णाली साकोस“ भन्ने मुल नाराका २०५७ सालमा स्थापना भएको साकोसले झापा, मोरङ र ईलाम गरि ३ वटा जिल्लामा ४६ वटा सेवाकेन्द्र संचालनमा रहेका छन् । साकोसमा ५४ हजार ८६ जना सदस्य रहेका छन् ।

साकोस संचालक समितिका सचिब भूपाल बस्नेतको सभापतित्वमा समापन कार्यक्रमलाई वरिष्ठ प्रवन्धक लक्ष्मि भट्टराईले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर