क्रेजी संवाददाता
पथरी। पथरी शनिश्चरे–७ मा स्थापित सपोर्ट पुर्नस्थापना केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध ओसार पसार विरुद्ध दिवस मनाइएको छ ।
सोमबार साँझ पुर्नस्थापनामा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्य चन्द्रकुमार राईले मन्तव्य राख्नुभएको थियो ।
सपोर्ट पुर्नस्थापना केन्द्रका अध्यक्षका अध्यक्ष विपिन गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको अन्त्यमा दिप प्रज्वलन गरिएको थियो । पुर्नस्थापना केन्द्रका अध्यक्ष गुरुङले सो कार्यक्रममा नगर र वडाबाट केही सहयोग भएदेखि पुर्नस्थापना केन्द्रलाई अझ स्तरीय रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो ।