क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने भएको छ ।
कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले आयोजना गर्ने सो कविता प्रतियोगितामा नगर भित्रका सर्जकहरूले मात्र सहभागिता हुन पाउने छन् ।
इच्छुक सर्जकहरुले आयोजकसँग असार ५ गते भित्र सम्पर्क वा इमेल, ह्वाट्स एप वा स्वयं उपस्थित भई कविता बुझाउनुपर्नेछ । कविता नेपालको सुन्दरता, भौगोलिक अखण्डता, साँस्कृतिक विविधता, पुर्खाहरुको वीरता, राष्ट्रियता, नारी हकहित लगायतका विषयमा हुनुपर्ने आयोजकका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिनुभयो ।
यसैगरी कविता नेपालीमा भाषामा फन्ट साइज १८ र प्रिती फन्टमा टाइप गरिएको हुनुपर्ने र कविता गद्य र पद्यमा १ सय ८० शब्द सम्मको मात्र हुनुपर्नेछ ।
प्रतियोगिताको लागि असार ५ गतेसम्म प्राप्त कविता मूल्यांकन समितिबाट प्रथम चरणको मूल्यांकन गराई उत्कृष्ट २० कविताका कविलाई असार ५ गते प्रतियोगितामा वाचनको लागि सहभागी गराइने र असार ८ गते छनौट भएका उत्कृष्ट १० कवितालाई असार १५ गते अन्तिम चरणको प्रतिष्पर्धाका निम्ति सहभागी गराइने साहित्य संयोजक लक्ष्मीप्रसाद फुयालले जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार तथा प्रमाण–पत्र प्रदान गरिनेछ । कार्यक्रमको समापनको दिन फाइनल प्रतियोगिता, स्रष्टा सम्मान, नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
विस्तृत जानकारी लागि :-