बोखिमद्वारा विपन्न परिवारलाई सहयोग - Crazysaptahik.com

बोखिमद्वारा विपन्न परिवारलाई सहयोग

क्रेजी संवाददाता
शिवसताक्षी । झापा शिवसताक्षीका हाल हङकङ निवासी समाजसेवी माइतराज लिम्बु बोखिमले विपन्न एक परिवारलाइ आर्थिक सहयोग गर्नुभएको छ ।
शिवसताक्षी वडा नं.७ को मुसर साइला भनिने ऋषिदेवको श्रीमती सावित्रा ऋषिदेवको दुखान्तमा माइतराजले नगद रु. १५ हजार र ५ हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो ।
आज वडा नं. ७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङ, स्थानीय समाजसेवी हर्क इजम, मनि बोखिम, सचिन लिम्बु लगायतको उपस्थितिमा सो सहयोग प्रदान गरिएको हो । यसअघि कोभिडको समयमा पनि ऋषिदेव परिवारलाई बोखिमले सहयोग प्रदान गर्नुभएको थियो ।

माइतराज लिम्बु बोखिम

सम्बन्धित खवर