नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते - Crazysaptahik.com

नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको प्रथम चरणबाट १० जना कवि छनौट भएका छन् । प्रतियोगिताको फाइनल असार १५ गते हुने आयोजकले जनाएको छ ।
शनिवार वडा नं. २ मा स्थापित होटल साल्पामा भएको पहिलो छनौट प्रतियोगितामा वडा नं. १० का लाजिमा सुन्दास, मञ्ञ्जरी घिमिरे, वडा नं. २ का लोकसागर साम्बा, पवित्रा खनाल (सिंहबाहिनी माविं), प्रसुना तिम्सिना (रेडस्टार बोर्डिङ स्कुल), उमा आचार्य (पथरी बहुमुखी क्याम्पसं), प्रेमकला घिमिरे (पश नपा—१०ं), दिपिका अधिकारी .(पश नपा १.ं), दुर्गाप्रसाद तिम्सिना (पश नपा २)ं र कृष्णप्रसाद अधिकारी (पश नपा ३ं) रहेका छन् ।
प्रतियोगितामा पथरीशनिश्चरे नगरका २४ जना कवि तथा कवियत्रीहरू सहभागी भएका थिए । कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईको सभापतित्वमा भएको प्रतियोगितामा निर्णायकहरु बिन्दु दाहाल (मुक दर्शकं), किशोर कोइराला र भूपेन्द्र तिम्सिना निर्णायकको भूमिका रहेका थिए ।
प्रतियोगिता ३ चरणमा गरिने र फाइनल प्रतियोगिता असार १५ गते रेडस्टार बोर्डिङ स्कुलमा गरिने बताएका छन् । प्रतियोगिताको दोस्रो चरणमा यसैगरी कविता वाचन र अन्तिम चरणमा लाइव लेखन तथा वाचन गराइने कार्यक्रम रहेको बताइएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सात्वना हुनेलाई क्रमशः नगद १५, १०, ५ र २ हजार नगद, प्रमाण–पत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

Oplus_0

सम्बन्धित खवर