क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् ।
२०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ ।
पञ्चायतबाटै करुणा राई र शौरभ धिमालले पनि ३.६५ र नम्रता खतिवडाले ३.६२ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । उच्च जीपीए ल्याएर पास हुने चारै जनालाई विद्यालयले बधाई शुभकामना कार्यक्रम राखिसकेको छ । चारै जना विद्यार्थीलाई कक्षा ११–१२ मा निःशुल्क अध्ययन गराउने घोषणा गरेको प्रअ बुढाथोकीले बताउनुभयो ।