रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान - Crazysaptahik.com

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ ।
रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र अजय लिम्बु सफल भएका छन् । उनीहरुलाई विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गरी आज नगद ५० हजार सहित सम्मान गरेको छ ।

यस विद्यालयबाट परीक्षा दिएका ७५ जना विद्यार्थीहरु मध्यें ४ जिपिए ल्याउने २ जना, ३.६ माथि जिपिए ल्याउने ६ जना , ३.२ देखि माथि ३.६ मुनि जिपिए ल्याउने २१ जना विद्यार्थीहरू रहेका छन् ।
यसअघि विद्यालयले एस.एल.सी. (कक्षा १२) २०८० मा प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । सम्मान कार्यक्रममा विगत ५ वर्षदेखि निरन्तर रुपमा पथरी शनिश्चरे क्षेत्रभित्र सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएकोमा प्रिन्सिपल टि.एन. तिम्सिनाले धन्यवाद ज्ञापन गर्नुभयो । अभिभावकका तर्फबाट सतिश आचार्यका अभिभावक तीर्थ आचार्य र अजय लिम्बुको आमा गंगा लिम्बुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । सम्मान पश्चात् पत्रकारहरुसँग प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर