रेडस्टारद्वारा अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम - Crazysaptahik.com

रेडस्टारद्वारा अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले आयोजना गरेको अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ ।
आज वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा कक्षा–८, ९ र १० का विद्यार्थी तथा अभिभावकहरूको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी र अभिभावकलाई आवश्यक पर्ने उत्प्रेरणात्मक सन्देशहरू प्रदान गरिएको थियो ।

एजुकेशन ट्रेनर एवं उत्प्रेरक इस्वर श्रेष्ठका अनुसार सफल जीवनका लागि सकारात्मक सोच, अनुशासन, समय व्यवस्थापन र निरन्तर प्रयासको आवश्यकता रहेको सुझाए । श्रेष्ठले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण गर्दै परिश्रमी बन्न प्रेरित गरे भने अभिभावकहरूलाई आफ्ना सन्तानप्रति सकारात्मक साथ र मार्गदर्शन दिन आग्रह समेत गरे ।
सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक टी.एन. तिम्सिनाको अध्यक्षता रहेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक राजु तिम्सिना, सहायक प्रधानाध्यापक वसन्त मादेन, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल, लर्डबुद्ध साकोसका व्यवस्थापक एवं अभिभावक गणेश बाछाना, किरात एकेडेमीका प्रधानाध्यापक सुजन बास्तोला, इन्ट्रा नेसनल फाउण्डेसनका प्रतिनिधि राम बानियाँ लगायतको उपस्थिति रहेको थियो । रेडस्टारले यो कार्यक्रमलाई निरन्तर रुपमा हरेक वर्ष भव्य र सभ्य तरिकाले सम्पन्न गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.