नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारीलाई - Crazysaptahik.com

नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को मुख्य सहयोगमा आयोजित खुला नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारी बोर्डिङ स्कुलले ंंजितेको छ ।
शनिबार पथरी शनिश्चरे–२ देविगन्जमा स्थापित चिनारीले प्रतिष्पर्धात्मक लोकनृत्य प्रतियोगितामा आफूलाई अब्बल सावित गरेको हो । यसैगरी दोस्रो स्थान रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना डान्स सेन्टरले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताका विजेतालाई क्रमशः प्रथम १०, दोस्रो ८ र तेस्रो ६ हजार रूपैयाँ नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो ।
पथरी शनिश्चरे वडा नं. ७ का वडा अध्यक्ष उद्ववराज बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ७ का वडा सदस्यहरू क्रमशः सपना राई, मणि कुमार लिम्बु, नरेश बहादुर राई, उषा लम्जेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर