क्रेजी साप्ताहिक
पथरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेलको प्यानलै विजयी भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वा्चित भएका हुन भने उनका प्रतिद्धन्दी शैलेसले विश्टले १७७८ मत मात्रै ल्याए ।आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन । साधरणसभावाट पौडेल र विष्ट प्यानल खडा गरेर चुनावमा होमिएका थिए ।
पौडेल समूहतर्फ विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए । त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन । बिष्ट समूहका कमल पौडेल – १७४६, टंकप्रसाद खनाल – १६८९, देवराज मादेन – १६६९, माधव न्यौपाने– १५२१, फडिन्द्र मगर – १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ – १४०६, भोलाप्रसाद निरौला – १३७२, राजेश खनाल – १३४४ मत प्राप्त गरे ।
उद्योग तर्फ पनि भिम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७ मुक्ती दाहाल – २९९, बिष्णु नारायण डागीँ– ३०५, लक्ष्मण हुमागाइ – ३०५ मत प्राप्त गरी बिजयी भएका हुन । उनीहरुका प्रतिद्धन्दी विष्ट समूहका राजेन्द्र केसरी घिमिरे – २५५, राजन भेटबाल – २३२, बज्र लिम्बु – २२४, किशन खेडिया – १९३ मत प्राप्त गरे । महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याएर पराजित भए । बस्तुगत तर्फ बलराम भण्डारीको ९ मत लिएर विजयी भएका छन । विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८,८ आए पछि बराबरी भएको भने सुरेश कार्कीको ७ मात्र आयो ।