युरो यू २१ च्याम्पियनसिपको उपाधि स्पेनलाई - Crazysaptahik.com

युरो यू २१ च्याम्पियनसिपको उपाधि स्पेनलाई

काठमाडौं । स्पेनले युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा सोमबार विहान सम्पन्न युरो यू २१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए । खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो तर यो गोल स्पेनलाई रोक्न पर्याप्त भएन ।

खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २–१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।

सम्बन्धित खवर