क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगरपालिकाले स्वास्थ कर्मचारी र कार्यलय सहयोगीको लागि खुलाएको परीक्षा स्थगित भएको छ । नगरपालिकाले असार १५ गते अन्तरवार्ता गर्ने भन्दै असार ११ गते सुचना प्रकाशन गरेको बताएको छ । तर फर्म भर्ने परिक्षार्थी आफुलाई कुनै पनि सुचना नगरेको र परीक्षा हुनु भन्दा आधा घण्टा अगाडी फोन मार्फत जानकारी गरेको बताउछन ।
नगरले जेष्ठ २८ गते हे.अ., अ.हे.व., स्टाफ नर्स, अनमी र कार्यालय सहयोगिको आवश्यकता रहेको सुचना प्रकाशन गरेको थियो । तर नगरपालिकाले फर्म भरे पछि कुनै सुचना नगरि असार १५ गते आइतबार बिहान फोन गरि ८ बजे परिक्षा छ भन्दै जानकारी गराएको थियो । नगरमा नगरको सुचना सुसुचित गर्न सुचना अधिकारी पनि नियुक्ती गरेको छ तर नगरबासीले अहिलेसम्म नगरको सुचना नगरको वेभ साईटमा पाउन सकेका छैनन् । नगरपालिकाले सुनियोजित तरिकाले कर्मचारी नियुक्ती गरेको भन्दै परिक्षार्थीले परिक्षा अवरुद्ध गरेका हुन । यो भन्दा अघि पनि नगरपालिकाले बिभिन्न फाँटमा कर्मचारी नियुक्त गरेको र त्यसमा आफ्नै परिवार भित्रका सदस्य नियुक्ती गरेको आरोप छ ।
नगरपालिकामा उपमेयर यमुना बिष्ट बास्तोलाकी दिदीका छोरा अरुण क्षेत्री, वडा नं २ का वडाध्यक्ष याम गुरागाईका भाई लक्ष्मी गुरागाई, ७ नं वडाका वडाध्यक्ष कपिलमणी ढकालकी बुहारी इन्दिरा ढकाल, ४ नं वडाका वडाध्यक्ष गोबिन्द भण्डारीकी भान्जी सारदा कट्वाल, ७ का वडा सदस्य बिर्ख बहादुर मगरकी श्रीमती सम्झना राई सम्मले जागिर खान भ्याईसकेका छन भने कतिले आफ्नै परिवारका सदस्य र साथी भाईको परिवारलाई स्वयम सेवक भन्दै भत्ता खुवाउने गरेका छन ।
नगरपालिकाले ४ जना स्वास्थका कर्मचारी राखेको १ बर्ष भै सकेको छ तर उनिहरुलाई निःशुल्क काम लगाई रहेको छ । नगरले अहिले नजिकका ब्यक्तीलाई स्वयमसेवक राख्ने अनि पछि मिलाएर नियुक्ती गर्न लागेको स्थानियको आरोप छ । स्वास्थ्य परिक्षणका लागि ल्याबमा राखेका ४ जनाले स्वयम सेवकले ल्यावमा प्रयोग हुने केमिकल किन्नु पर्छ भने सेवा बापत लिएको रकमको ३० प्रतिशत रकम नगरलाई बुझाउनु पर्छ । नगरले रोजगार दिनु पर्नेमा उल्टै स्वयम सेवक राखि रकम समेत लिने गरेको छ ।
जनप्रतिनीधी आए पछि पथरीशनिश्चरेको अवस्था हेर्ने हो भने कर्मचारी तन्त्र भन्दा मनपरि देखिएको छ । वडा नं. १ ले त आफ्नै घरमा वडा कार्यलय राखेको छ । जहाँ न अपाङ्गता मैत्रि छ न पार्कीङ छ । कार्यलयमा सेवा ग्राहीका लागी सौचालय पनि सुबिधाजनक छैन यति हुदा हुदै पनि नगरपालिका आखाँ चिम्लीएर बसेको छ । जस्ले गर्दा नगरपालिकालाई पाटिको भर्ति केन्द्र जस्तो भएको नगर बासिले गुनासो गर्ने गरेका छन ।