सिरहामा भयानक दुर्घटना हुँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते - Crazysaptahik.com

सिरहामा भयानक दुर्घटना हुँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते


क्रेजी साप्ताहिक
पथरी । लहानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । लहान नगरपालिका ११ पडरिया चौकमा आज म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको हो । एकजनाको अवस्था निकै गम्भीर रहेको छ । म्याजिक भेनमा सवार करिब एक दर्जन यात्रुहरु घाईते भएका छन् ।

पुर्वबाट पश्चिम जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दिउँसो १ बजेतिर भएको सो दुर्घटनामा भ्यानमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र तत्काल पहिचान नखुलेका एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भईरहेको ईप्रका लहानले जनाएको छ ।

सम्बन्धित खवर