पथरीशनिश्चरे वडा नं. ४ को योजना तथा कार्यक्रम सार्वजनिक - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ४ को योजना तथा कार्यक्रम सार्वजनिक


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ ले आर्थिक वर्ष २०७६÷७७ को लागि तर्जुमा गरेको योजना सार्वजनिक गरेको छ ।

नगरबाट विनियोजित १ करोड रुपैयाँ सिलिङ बजेटको आधारमा वडाले योजना छनौट गरी आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । वडाले कार्यालय संचालन , लक्षित कार्यक्रम, बालबालिका लक्षित कार्यक्रम, महिला लक्षित कार्यक्रम, आर्थिक तथा सामाजिक क्षेत्र, सामाजिक विकास तथा भौतिक कार्यक्रम शीर्षकमा बजेट विनियोजन गरेको छ । कार्यालय संचालनमा १० लाख रुपैयाँ छुट्याएको वडाले सामाजिक विकास तथा भौतिक कार्यक्रम तर्फ सभा हल सहितको सामुदायिक भवन निर्माणका लागि १० लाख ५० हजार विनियोजन गरेको छ ।

यस्तै आपगाछी समशेर टोल देउराली टोल बाटो स्तरोन्नतिका लागि ५ लाख, अधुरो पिचदेखि खड्का टोल हुँदै गान्धी मनमोहन पिच सम्मको बाटोलाई ४ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । यसैगरी वडाको आगामी आर्थिक बर्षको योजनामा कुशल चौक राईडाडा कल्भर्ट निर्माण, कोशेली चोक पाथीभरा टोल हुँदै वडा कार्यलय जाने बाटो, चौधरी टोल, धराने टोल, कुलुङ बजार, शुक्रबारे मन्दिर दक्षिण, पुरुषोत्तमको घर हुँदै सहिद मार्ग जाने बाटो स्तरोन्नति, निर्मलको घर उत्तर प्रसाईं टोल संगत चोक उत्तर दक्षिण स्तरोन्नति, वडा कार्यालयमा छल्ली तान्ने साथै अन्य व्यवस्थापन लगायतका योजनाले प्राथमिकता पाएका छन् ।

४ नम्बर वडाले लक्षित कार्यक्रमतर्फ आदिवासी जनजाति शीर्षकमा १ लाख, अपाङ्ग लक्षितका लागि १ लाख, दलिक लक्षितका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वडाका बेरोजगारी युवाहरुको लागि समेत सीप मुलक तालिम आयोजनाका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छ । वडाले बालबालिकाहरुको लागि २ लाख रुपैयाँ छुट्याएको छ । महिला लक्षित कार्यक्रम संचालनको लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले जानकारी दिए ।

नारी लक्षित कार्यक्रम अन्तर्गत सुत्केरी भेटघाट , सीप बिकास, नारी दिवस र ढाकातान तालिम कार्यक्रम निर्धारण गरिएको छ। त्यसैगरी ज्येष्ठ नागरिक विश्रामलय निर्माणको लागि १ लाख ५० हजार छुट्याइएको छ। यसका अलावा वडाले कृषी, मठमन्दिर , खेलकुद , स्वास्थ्य , शिक्षाको क्षेत्रमा बजेट छुट्याएको छ। वडाले खेलकुदमा १ लाख ५० हजार, स्वास्थ्यमा १ लाख ५० हजार र शिक्षामा ५ लाख रुपैयाँ छुट्याएको जानकारी पत्रकार भेटघाटको क्रममा वडा कार्यालयले जानकारी दियो ।
यसका अलावा वडाले नगरसँगको समन्वयमा ६ वटा योजना पाएको छ। बुद्द मार्ग किर्तिपुर भातेगौडा सडक कालोपत्रेको लागि नगरले २ करोड १७ लाख रुपैयाँ लगानी गर्ने भएको हो । त्यसै गरि कुशल बजार पश्चिम केर्खा खोलामा पुल निर्माणका लागि ३५ लाख, भागिरथ मावीमा प्राविधिक कक्षा संचालनका लागि ५ लाख, सोही विद्यालयको कम्पाउण्ड वालको लागिव ३ लाख ,जनकल्याण आधारभुत विद्यालयका लागि लाख ५० हजार र पुल्चोक सिरिसे डाँडा भातेगौडा सडक डिपिआरका लागि नगरले ३ लाख विनियोजन गरेको जानकारी सोही कार्यक्रममा वडा अध्यक्ष भण्डारिले दिए ।

भिडियो:

https://www.youtube.com/watch?v=SJ2DozqQy58

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.