एउटै मान्छे मरेको क्षतिपूर्ति एक अर्ब आठ करोड, यसरी खुल्यो कीर्ते रहस्य - Crazysaptahik.com

एउटै मान्छे मरेको क्षतिपूर्ति एक अर्ब आठ करोड, यसरी खुल्यो कीर्ते रहस्य


क्रेजी साप्ताहिक

पथरी । सरकारी छाप र दस्तखत कीर्ते गर्दै हिँडेको अभियोमा प्रहरीले बाराको निजगढ घर भएका एक दम्पतीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत कीर्तेमा संलग्न काभ्रे धुलिखेल बस्ने बाराको निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय श्रीमान राजन कुमार थापालाई प्रहरीले हिँजो दिउँसो पक्राउ गरेको हो । उक्त स्थानमा सरकारी छाप र दस्तखत कीर्ते गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत कीर्ते गरेको कागजात बरामद भएको महागरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित सरकारी नक्कलीकागजात पनि फेला परेको छ ।

सुवेदीले हस्ताक्षर गरेको गृहमन्त्रालयको लेटर प्याडमा लक्ष्मी अधिकारीका बुवाको मृत्यु नेपाल सरकारको कारणले भएकाले क्षतिपूर्तिस्वरुप ९५ करोड दिने निर्णय भएको उल्लेख छ । त्यस्तै थप ८ करोड ७६ लाखसहित एक अर्ब आठ करोड ७६ लाख रुपैयाँ दिने उल्लेख गरिएको कीर्ते कागज प्रहरीले बरामद गरेको हो । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ बरामद गरेको छ। दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर