सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गालाई - Crazysaptahik.com

सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गालाई


क्रेजी साप्ताहिक
पथरी । सप्तरी महिला प्रिमियर लिगको उपाधी सुरुङ्गा नगरपालिकाले उचालेको छ । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको हो ।

प्रतियोगिता अन्र्तगत हिजो सम्पन्न भएको फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ विकेटको नोक्सानीमा १ सय ४ रनको योगफल तयार पारेका थिए । खडकका लागि रश्मी शर्माले उत्कृष्ट पारि खेल्दै ६२ बलमा ५ चौकाको मद्धतले ६२ बलमा नटआउट रहि ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठले २० र सरस्वती चौधरीले अविजित रहि १७ रनको योगदान दिए । बलिंग तर्फ सुरुंगाका लागि एक मात्र विकेट संगिता राईले लिएका थिए ।

१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा उत्रिएको सुरुंगाले सुरुवात देखिनै आफ्नो लय देखाउदै १५औ ओभर ४ बलमै उक्त स्कोर भेटाएका थिए । सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्धतले नटआउट रहि ६३ रन तथा अफसरी बेगमले ४२ बलमा ४ चौक्काको मद्धतले नटआउट रहि ३६ रनको योगदान दिएका थिए । खेलको प्लेयर अफ द म्याच सुरुंगाका तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्रि भएका थिए ।

सम्बन्धित खवर