रुपन्देहीमा गोली चल्यो - Crazysaptahik.com

रुपन्देहीमा गोली चल्यो


क्रेजी साप्ताहिक
पथरी । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली चलाएको छ । २ जनाको समुहमा आएका लुटेराहरुले गोलि चलाएका हुन् । गोलि हानेर उनिहरुले ४ लाख ६३ हजार समेत लुटेका छन् ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ।मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा मोटरसाइकलमा आएका उनिहरूले गोली हानेका हुन् ।
लुटेराहरूको गोली टेम्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

सम्बन्धित खवर