नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा - Crazysaptahik.com

नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच महिला टोली फाईनल प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अमेरिकासँग खेल्नेछ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औं मिनेटमा ज्याकी ग्रोएनले नेदरल्याण्ड्सका लागि एक मात्र विजयी गोल गरिन् ।

जितसँगै नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ । स्विडेनले आफ्नो चौथो सेमिफाईनल खेलेको थियो । उउसले अव तेस्रो स्थानको लागी इङल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ अमेरिकासँग पहिलो सेमीफाइनलमा इङल्यान्ड २–१ गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित खवर