वाल्मीकिद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान - Crazysaptahik.com

वाल्मीकिद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले यस क्षेत्रका निजी विद्यालयहरुमा राम्रो नतिजा ल्याएको छ ।

विहिबार सार्वजनिक भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै 4 GPA ल्याउने छात्र यूनिक श्रेष्ठले र 3.9 GPA ल्याउने छात्रा सजना घिमिरेलेलाई सम्मान गरेको थियो ।

वि.सं. २०७५ सालको एसईई परीक्षामा सहभागी ७५ जना विद्याार्थी मध्ये जीपीए ४ र जीपीए ३.९ १÷१ जनाले ल्याएका छन् । यस्तै २० जना जीपीए ३.६ भन्दा माथि, ३० जनाले जीपीए ३.२ भन्दा माथि र २५ जनाले ३.२ भन्दा कम ल्याई सतप्रतिशत उत्तीर्ण भएको विद्यालयका निर्देशक नवल किशोर खनालले जानकारी दिएको छ । ७५ जना सहभागी विद्यार्थीहरुले यस क्षेत्रमै राम्रो नतिजा ल्याएपछि विद्यालय परिवार हर्षित् भएका छन् ।

सम्बन्धित खवर