पथरीशनिश्चरे ५ को योजना अनुगम सार्वजानिक - Crazysaptahik.com

पथरीशनिश्चरे ५ को योजना अनुगम सार्वजानिक

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–५ नम्वर वडाले भौतिक विकासमा छुट्याइएको रकम खर्च गरेको जनाएको छ ।

५ नं. वडा कार्यालयमा वुधबार पत्रकार सम्मेलन गरेर सो बरे जानकारी दिएको हो । वडा अध्यक्ष जोग बहादुर धिमालले भौतिक विकासतर्फ छुट्याइएको ६७ लाख ५० हजार रकम विकास निर्माणमै खर्च गरिएको जनाएका हुन् । यस आर्थिक वर्षमा पँुजिगत तर्फ ७५ लाख रकम विनियोजन भएको र त्यस मध्ये ७ लाख ५० हजार लक्षित समूहतर्फ खर्च
गरिएको हो । चालु खर्च ६ लाख मध्ये कार्यालय सञ्चालनतर्फ ५ लाख र आर्थिक सहयोगतर्फ १ लाख छुट्याइएकोमा उक्त कार्यालय सञ्चालनतर्फ ३ लाख ५१ हजार मात्र खर्च भएको कार्यावहाक वडा सचिव अर्जुन भण्डारीले बताए ।

९९ हजार रुपयाँ वडा वासीलाई आर्थिक सहयोग गरिएको भण्डारीले जानकारी दिए । यस्तै लक्षित वर्ग महिला विकास कार्यक्रम, बालवालिका विकास कार्यक्रम, आदिवासी जनजाति कार्यक्रम, जेष्ठ नागरीक कार्यक्रम, अपाङ्गता कार्यक्रम दलित कार्यक्रम र जनता सुसुचित कार्यक्रमका लागि ७ लाख ५० हजार खर्च भएको भण्डारीेले जानकारी दिए । विकास निर्माणतर्र्फ यस वर्ष ११ वटा वाटो स्तरोन्नति सहित ग्रावेल गरिएको छ भने २ वटा पक्की पुल र २ वटा कल्र्भट निर्माण गरिएको छ ।

सम्बन्धित खवर