झारसादीमा एन.एम्.बी.को शाखा रहित बैंकिङ सेवा - Crazysaptahik.com

झारसादीमा एन.एम्.बी.को शाखा रहित बैंकिङ सेवा

क्रेजी साप्ताहिक
उर्लाबारी । मोरङको उर्लाबारी–१ मा सोमबारदेखि एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको छ ।

वडा नं. –१ मा अवस्थित झारसाँदीमा एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको हो । सोमबार एक कार्यक्रमका बीच एन.एम्.बी. बैंक उर्लाबारीका प्रमुख सचित्र भट्टराईले स्थानीय गौरी शंकर दाहाललाई बैंकको डिभाइस हस्तान्तरण गरे । अब बैंकबाट पाउने सम्पूर्ण सेवा २४ सै घन्टै यहीबाट पाउने कुरा सर्वसाधारण लाई विश्वस्त पारे ।

हालसम्म उर्लाबारी वार्ड नं. –१ मा कुनै बैंकिङ सेवा सुचारु नभएका कारण सर्वसाधारण ४ किलोमिटर बाटो धाएर बैंकिङ सुविधा लिनलाई अब सहजता हुने वडाध्यक्ष मचिन्द्र कार्कीले विचार व्यक्त गरे ।

एन.एम्.बी. बैंकको शाखा मोरङमा उर्लाबारी, पथरी, बेलबारी, मधुमल्ला, लेटाङ, केराबारी, विराटनगर, कञ्चनबारी (विराटनगर)मा स्वचालित रहेका छन् भने १ नं. प्रदेश मा २४ वटा तथा मुलुक भरिमा १ सय १० वटा रहेका उर्लाबारी प्रमुख भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर