पथरी र उर्लावारी सिमानाको जंगलमा शव फेला - Crazysaptahik.com

पथरी र उर्लावारी सिमानाको जंगलमा शव फेला


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र उर्लावारी नगरपालिकाको सिमाना सुनझोडा खोला किनारमा आज (विहिवार) एक शव फेला परेको छ । खोला किनारको पूर्व पट्टिरहेको फलैचामा एक व्याक्ति मृत अवस्थामा फेला परेका हुन ।

उनको हाल सम्म पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख राम तिम्सीनाले बताए । सो क्षेत्र उर्लावारी नगरपालिका वडा नम्वर ३ को नया मंगलवारे वजार उत्तर पट्टिको वनको क्षेत्र हो । शव पूर्व पश्चिम राजमार्ग देखि लगभग ३० मिटर उत्तरको फलैचामा विहान फेला परेको प्रहरीले जनाएको छ । शव फलैचा भित्र कोल्टे परेको अवस्थामा फेला परेको थियो भने नजिकै ओछ्याउन प्रयोग गरिने प्लाष्टिकको म्याट र खानको लागि प्रयोग गरिने केही चिउरा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको छ भने शव पहिचानका लागी आवश्यकीय प्रकृया अगाडी वढाइएको प्रहरीले जनाएको छ । घट्नास्थल उर्लावारी इलाका प्रहरी कार्यालयको एरियामा रहेपनि पथरी आसपासको क्षेत्र हुनाले र यसअघि पनि पथरी वजारआसपासका जंगलमा पटक–पटक शव भेटिएको हुनाले यस क्षेत्रका वासिन्दा थप आतंकित बनेका छन् ।

सम्बन्धित खवर