पथरीशनिश्चरेमा भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी - Crazysaptahik.com

पथरीशनिश्चरेमा भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचारको गन्ध आइरहेको भन्दै विभिन्न समुहले भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी गरिरहेका छन् । आज (असार २०) गते विशाल सहयोगी मनको आयोजनामा भएको भ्रष्टाचारविरुद्धको कार्यक्रममा ‘भ्रष्टाचार गर्न पाइदैन’, ‘भ्रष्टाचारी कर्मचारी चाहिदैन, ‘भ्रष्टाचारी जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गरौ’ लगायतको नारा लगाएर पथरी बजार परिक्रमा गरीएको छ ।

बजार परिक्रमा पछि जा“ते मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै आयोजक विशाल सहयोगी मनका संयोजक धनकुमार तामाङले भ्रष्टाचारी प्रमाणित भएमा नछाडिने चेतावनी दिए । तामाङले नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीमा भ्रष्टाचारको गन्ध आइरहेकोले सच्चिन आग्रह गरे । नगरमा हुदै आएको तमाम खाले वेथितिको आफूहरुले गहिरिएर नियाली रहेको भन्दै जनप्रतिनिधि र कर्मचारी नसच्चिए ‘कालो मोशो’ दलेर जनतामा सार्वजनिक हुने चेतावनी समेत दिए । पथरीशनिश्चरेका जनता कमजोर नभएको तर्क प्रस्तुत गर्दै नगरको वेथिति रोक्न नगरवासी युवाहरुलाई आव्हान समेत गरे । तामाङले भने ‘विशाल सहयोगी मनले कार्यक्रम आयोजना गर्ने भएपछि आजै नगर कार्यालय घेरेर कालो मोशो दल्ने भनेर गलत सूचना प्रवाह भएछ, त्यसो नभएर सचेत गराउने कार्यक्रम मात्र हो ।’तामाङले १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूले वडाकार्यालय आफ्नो घरमौ लगेर राखेको प्रति विरोध जनाए । वडा अध्यक्षले घरमै कार्यालय लगेर राखेपछि सेवाग्रहीलाई असहज भएको भन्दै तामाङले तत्काल अन्त सार्न आग्रह गरे ।

कार्यक्रममा लोककिरण न्यौपानेले नगरप्रतिनिधिहरु होटलमा ‘दलालहरु स“ग’ बसेर कार्यक्रम सेटिङ गर्ने गरेको आरोप लगाए । कार्यक्रममा सञ्चारकर्मी अर्जुन जम्नेली राई, प्रदिपकुमार राई लगायतले आफ्नो धारणा राखेका थिए । ¥यालीमा नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष गणेश खड्का लगायतको उपस्थिति रहेको थियो । धनकुमार तामाङ गएको स्थानीय तहको निर्वाचनमा नगरपालिका १ नम्बर वडा अध्यक्षको स्वतन्त्र उम्मेद्वार समेत हुन् । तामाङ तत्कालीन एमालेका उमेद्वार बाबुराम एङ्देन लिम्बूको निकटतम प्रतिद्वन्द्वी हुन् । तामाङले तत्कालीन कांग्रेस र माओवादी केन्द्रभन्दा बढी मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । पथरीशनिश्चरे नगरमा यस अघि असार १४ गते पनि पिस ल्याम्प र माउण्ट एभरेष्ट इन्टरटेन्टमेन्टले सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुख द्वारिकलाल चौधरी बोलाएर भ्रष्टाचार विरुद्धको अभियान कार्यक्रम गरेको थिए ।

सम्बन्धित खवर